संसदीय छानविन समितिको टिओआरका विषयमा सहमति जुट्न सकेन

काठमाडाैं | जेठ ६, २०८१

संसदीय छानविन समितिको टिओआरका विषयमा सहमति जुट्न सकेन

काठमाडौं:    सहकारी ठगी प्रकरणको छानविन गर्न संसदीय समिति गठन गर्ने दलहरुबीच सहमति भएपनि समितिको टिओआरको विषयमा सहमति बन्न नसक्दा कार्यदलको बैठक निष्कर्षविहिन भएको छ।


प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले टिओआर बनाउँदा सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको नाम राखेर जाने प्रस्ताव राखेपछि सत्तापक्ष दलहरुले यसलाई नमानेपछि कार्यदलको बैठक निष्कर्षमा पुग्न नसकेको हो ।


नेपाली काँग्रेसका तर्फबाट कार्यदलका सदस्य जीवन परियारका अनुसार बैठकमा गृहमन्त्री रवि लामिछानेको नाम भन्दा सहकारीको नाम चाहिँ राख्ने तर गृहमन्त्रीकै नाम चाहिँ नराख्ने अडान सत्तापक्षका तर्फबाट कार्यदलका सदस्यहरुले अडान राखेपछि बैठकले टिओआरको निधो गर्न नसकेको हो ।


उहाँले आज साँझ फेरि कार्यदलको बैठक बस्ने छ ।


कार्यदलले टिओआरको निर्णय गर्न नसकेपनि प्रतिनिधि सभाको बैठकपछि पुन: छलफल गर्ने सहमति चाहिँ कार्यदलका सदस्यहरुबीच भएको नेता परियारले जानकारी दिनुभएको छ ।।

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्

काठमाडौँ:  चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् ।   उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...

थप पढ्नुहोस्